हुलाकी न्यूज,काठमाडौं : नेपालमा १५ लाख ५५ हजार ४४१ जनाले कोभिड –१९ विरुद्धको खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चैत १ गतेसम्म प्राप्त गरेको डाटा अनुसार २२ लाख ९० हजार ७५ जनालाई खोप लगाउने टार्जेट राखेकोमा उक्त संख्यामा खोप लगाएको बताउनुभयाे ।

यस्तै, ६५ वर्षभन्दा माथिका उमेरसमूहलाई दिइएको खोप अनुसार १७ लाख ८२ हजार ४६९ टार्जेट रहेकोमा ११ लाख १६ हजार ५३२ रहेको छ ।

अहिलेसम्म निष्चित व्यक्तिहरुलाई दिइएको खोप ६८ प्रतिशतजनाले सेवा लिइसकेको छ ।

नेपालमा पहिलो खेपको खोप लगाएकाका लागि दोश्रो खेपको खोप लगाउन सरकारले बजेट छुट्याइसकेकाले नेपालमा ल्याउने प्रक्रियामा रहेको उहाँले बताउनुभयो ।

उत्पादनभन्दा माग बढी रहेका कारणले दोश्रो पटक लगाउने खोप आउने प्रक्रियामा रहेको उहाँले स्पष्ट पार्नुभयाे ।

दुईपटक सम्म दिइने यस खोप ७० प्रतिशत सुरक्षित रहेको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँका अनुसार खाेप लगाएकाे कार्ड भए विदेशमा जाँदा सजिलाे हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.