हुलाकी न्यूज,काठमाडौं :राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप लगाएकी हुन्।
खोप लगाउन उनी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जको खोप केन्द्रमा पुगेकी थिइन् ।खोप लगाएपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रपति भण्डारीले आफ्नै उमेर समूह पर्खिएर बसेकी तर बंगलादेश भ्रमणमा जानुपर्ने भएकाले खोप लगाएको बताएकी हुन्।
उनले भनिन्, सबैले लगाईसकेपछि लगाउनुपर्ने भएपनि ठिकै छ भनेर बसेकी थिएँ । मित्रराष्ट्र (बंगलादेश)को भ्रमण गर्नुपर्ने भयो । खोप नलगाई जाँदा मिश्रित प्रतिक्रिया आउने भएकाले टार्न नसकिने भयो ।’ उनले सबैलाई निर्धक्क भएर खोप लगाउन अपिल समेत गरिन् ।
१४ माघबाट सुरु भएको खोप अभियान अन्तर्गत नेपालमा अहिलेहाल सम्म १५ लाख ५० हजारले खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छन् ।



