हुलाकी न्यूज,जनकपुरधाम : सिरहाको लहान स्थित मालपोत कार्यालयमा बम विस्फोट गराएको आरोपमा एक जना पक्राउ गरेका हुन्।

पक्राउ पर्नेमा लहान नगरपालिका–१८ भदैयाका २८ वर्षीय बलराम मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएका छन् ।मण्डल जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीका कार्यकता रहेको प्रहरीले बताए ।

मालपोत कार्यालयमा जडान गरिएको सिसिटिभी क्यामरा फोटोबाट गोप्य सूचनाका आधारमा प्रहरीको गहिरो अनुसन्धानपछि सिरहा शसस्त्र प्रहरीको टोलीले सुखीपुर नगरपालिका २, विद्यानगरबाट पक्राउ गरी थप अनुसन्धान सुरु गरिएको सिरहा प्रहरीले जनाएको छ ।

आइतवार दिउसो पौने १ बजे भएको शक्तिशाली बम विस्फोटमा परी मालपोत कार्यालयका कर्मचारी नायब सुब्बा शिवकुमार यादवसहित ८ जना घाइते भएका थिए । बम विस्फोट घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) जयकृष्ण गोइत समूहले लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.