हुलाकि न्यूज,जनकपुरधाम : सिरहाको लहान नगरपालिका वडा नम्बर ८ मा नि:शुल्क रुपमा संचालन भएको तिन महिने आधारभुत कम्प्यूटर तालिमको समापन कार्यक्रममा आयोजकबाट तालिमको प्रमाण –पत्र पाएपछि बिधार्थीहरु खुशिले गदगद भएका हुन्।

लहान नगर पालिका –८ का वडा सदस्य सुरेश कुमार साहको आयोजनामा संचालन भएका तालिममा यहाँका ९० जना बिधार्थीहरुको सक्रिय सहभागिता रहेको थियो । वडा सदस्य साहले नगर पालिकाबाट पाएको पारिश्रमिक वापतको रकमबाट तिन महिने नि:शुल्क अधारभुत कम्प्यूटर तालिम संचालन गरेका थिए।

समापन तथा प्रमाण पत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडा सदस्य साहले भने – बिधार्थीको दक्ष सिप विकास तथा ज्ञानको विकासको लागि आफूले पारिश्रमिक रकमबाट तिन महिने अधारभुत कम्प्यूटर तालिम संचालन गरेको उनले बताए।

उनले बिधार्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै सबै बिधार्थीहरुको उज्जवल भविष्यको कानमा गर्दै सबैलाई शुभ कामना समेत दिएका थिए ।

कम्प्यूटर तालिमको प्रशिक्षक श्याम कुमार महतोले रहेका थिए । प्रमाण पत्र तथा समापन कार्यक्रममा संचारकर्मीहरु रेडियो सरगम का फिरोज शेख नेपाल पोस्ट दैनिक का महेश सिंह, बिरेन्द्र नेपाल, रोहित कुमार मण्डलको समेत उपस्थिति रहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.