हुलाकि न्यूज,काठमाडौँ : नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ।पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ।हिजो बसेको स्थायी कमिटी बैठकले आज केन्द्रीय कमिटी बोलाउने निर्णय गरेको थियो ।

एमालेको केन्द्रीय कमिटीमा रहेका गृहमन्त्री रामबहादुर थापासहित २३ नेताहरूलाई आजको बैठकले कारबाही गर्ने स्रोतले बताएको छ ।हिजो बसेको स्थायी कमिटी बैठकले मन्त्रीसहित २३ नेताहरुलाई २४ घण्टाभित्र पार्टी छोडेरनछोडेको जानकारी गराउन निर्देशन दिएको थियो ।उक्त समयसीमाभित्र जानकारी नगराउने नेताहरुलाई आजको बैठकले कारबाही गर्ने तयारी गरेको स्रोतको दाबी छ ।

स्थायी कमिटी बैठकले माओवादी केन्द्रका तर्फबाट वर्तमान सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय पनि गरेको थियो ।एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार नेकपा (माओवादी केन्द्र) का रामबहादुर थापा ‘बादल’सहितका नेताहरुलाई नेकपा एमालेको केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।

उनले थापासँगै टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द थापा, प्रभु साह, टंक आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल जंग, मनोज थापा, विषमलाल अधिकारी, लीलाबहादुर थापा, दधिराम न्यौपाने, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर थारु, झपट बोहरा, दावा लामा र चन्द्रबहादुर खड्कालाई मनोनीत गरेका थिए । जसमध्ये बादल, थापा, भट्ट, थारु र लामा मन्त्री रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.