हुलाकी न्यूज,जनकपुरधाम :चौथों संस्करणको पोखरा युनिभर्सिटी(विश्वविद्यालय) क्रिकेट लिग(पीयुसीएल)को खेलाडी छ्नोट प्रक्रिया अन्तर्गत अक्सन फागुन २९ गते शनिबार सम्पन्न गरीएको छ|
अक्सनमा अधक्ष्यता पोखरा युनिभर्सिटी क्रिकेट क्लबका अध्यक्ष प्रकाश खनाल,प्रमुख आतिथ्यता रास्ट्रिय क्रिकेट टिमका प्रमुख सदस्य तथा पोखरा युनिभर्सिटी(विश्वविद्यालय) क्रिकेट लिग(पीयुसीएल)का ब्राण्ड एम्बेसेडर करण केसीले गर्नु भएको थियो |
अक्सन पोखरास्थित तालचोकको
सेभेन वन्डर वाटरपार्क एण्ड रेसोर्टमा बिहान साढे ९ बजे बाट भएको थियो ।
यस प्रतियोगितामा सहभागि जनाउँने ८ फेन्चाइज टोलीमध्य मिथिलांचल वारियर्सले पनि आफ्नो बलियो उपस्थिति जनाएका थिए |
मिथिलांचल वारियर्समा मार्की खेलाडीको रुपमा संदेश रेग्मी र सान्त्वन पौडेल रहेका छन् भने रिटेंड खेलाडीको रुपमा अभिषेक यादव र बिकाश शाह रहेका हुन|साथै अक्सनमा मिथिलांचल वारियर्सले प्रशान्त भुसाल, आशिष खनाल , कबिन सापकोटा , नबिन अधिकारि , प्रसन्न पौडेल, रबिन मण्डल , राम यादवलाइ आफ्नो टोलिमा समाबेश गरेका हुन्| त्यसै गरि रास्ट्रिय खेलाडी, इम्प्याक्ट खेलाडी र कास्की बिकाश खेलाडी को रुपमा मिथिलांचल वारियर्समा प्रतियोगितामा समाबेश हुनेछन् |
मिथिलांचल वारियर्सले आफ्नो बलियो उपस्थिति जनाउदै प्रतियोगितालाई जित्ने लक्ष्य लिएर अगाडी बढ्ने कुरा मिथिलांचल वारियर्सका म्यानेजर् शत्रुधन शाहले जानकारी गराएका छन्|



