हुलाकी न्यूज,जनकपुरधाम : धनुषा जिल्लाको मिथिला नगरपालिका वडा नम्बर ८ बडहरी बजार नजिक पूर्वपश्चिम राजमार्गमा टिपरले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको घटनास्थलमै मृत्यु भएको छ ।

घटनास्थलमै मृत्यु भएको टेम्पो चालक महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. १ बस्ने विर बहादुर तामाङ्ग रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक तिर्थ कार्कीले जानकारी दिए ।शनिबार साँझ ६ बजे बर्दिबासबाट ढल्केवरतर्फ आइरहेको ना ८ ख ७२२२ नम्बरको टिपरले ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २०३००१ स ५४७५ नम्बरको टेम्पोलाई ठक्कर दिइएको हो ।

ठक्कर दिइएको टिपर र टेम्पोलाई प्रहरीले नियन्त्रणमा लिइएको छ भने चाकलको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको प्रहरीले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.