हुलाकी न्यूज,जनकपुरधाम :मकवानपुरमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु भएको हो।

दुवै गाडीका  १० यात्रु घाइते भएका छन्।प्रहरीका अनुसार शनिबार बिहान हेटौंडाबाट चितवन जाँदै गरेको ना ४ ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना६ख८९ नम्बरको ट्रक ठोक्किएका हुन्।

दुर्घटनामा बसका चालक वीरगन्ज वडा नम्बर १५ का ३५ वर्षीय मदनकुमार थापा, यात्रु भारत सिस्वाका करिब ४० वर्षीय अभयलाल कुशवाहा र बिहारका ४० वर्षीय सुनिल कुमारको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा बस र ट्रकका गरी १० यात्रु घाइते भएका छन् भने उनीहरूको उपचार हेटौंडा र भरतपुरका अस्पताल भइरहेको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा–चितवन सडक खण्डमा शनिबार बिहान ३ बजेतिर दुर्घटना भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.