हुलाकी न्यूज,काठमाडौं : जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरुको एजेन्डा पुरा भएपछि मात्रै सत्ता समीकरणबारे सोच्ने बताएका
हुन्।
प्रधानमंत्री केपी शर्मा ओलीसँग छलफलका लागि पाँच जना नेताहरु बालुवटार जान लागेको जानकारी दिँदै ठाकुरले जेलमा रहेका आफ्ना नेता कार्यकर्ताको रिहाइका विषयमा कुरा हुने बताए।
‘हाम्रा साथीहरु जुन जेलमा छ, उनीहरुमाथि मुद्दा छ,’ उनले भने,‘ तिनीहरुको रिहाइको विषयमा र मुद्दा फिर्ताको विषयमा कुरा गर्न जाँदै छौं ।’ ओलीसँग नयाँ सत्ता समीकरणको सम्भावना बारे ठाकुरले भने– ‘सत्ता समीकरणका विषयमा केही कुरा गर्ने होइन । हाम्रो एजेन्डा पुरा हुन्छ भनेपछि मात्रै सत्ता समीकरणबारे सोच्ने कुरा हुन्छ ।’
अध्यक्ष ठाकुरले यस विषयमा नेकपा(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिसकेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गर्ने जानकारी दिए । उनले जसपाको संसदीय दलको बैठक शुक्रबार दिउँसो १ बजे बस्ने र संसदीय दलको विधान पारित गर्ने विषयमा छलफल हुने पनि बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.