हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरबाट डेढलाख रुपैयाँ घुसहित कर अधिकृत र एक दलला अख्तियारको फन्दामा परेका छन् ।

आन्तरिक राजश्व कार्यालय जनकपुरका कर अधिकृत रमेश ढकाल र दलाल नविन कर्ण सोमबार साँझ अख्तियारको फन्दामा परेका हुन् ।

दुबैजनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासको टोलिले बुधबार साँझ जनकपुरको जिरोमाइल स्थित अन्नपूर्ण होटेलबाट पक्राउ गरेको हो ।

काम गरिदिने प्रयोजनका लागि एक सेवाग्राहीसंग लिँदै गरेको १ लाख ५० हजार रुपैयाँ घुसहित अधिकृत ढकाल र दलाल कर्णलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

घुस रकमसहित नियन्त्रणमा लिएका दुबैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.