हुलाकी न्यूज,काठमाडौं : नेपाल प्रहरीले नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न सामानसहित एक जनालाई प्रकाउ गरेकाे छ । कृष्णपुर नगरपालिका-९ पिपरीया बस्ने २५ वर्षीय संजय रानालाई १ हजार दरको २ थान र १ सय दरको २ थान नक्कली नोट तथा नक्कली नोट बनाउन प्रयोग हुने विभिन्न सामान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हाे।
रानाले नक्कली नोट छाप्ने कार्य गर्ने गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले रानाको खुद्रा पसल जाँच गर्दा उक्त नक्कली नोट फेला पारी पक्राउ गरेको हो ।



