हुलाकी न्यूज,काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडनले भारतसहित जापान र अस्ट्रलियाका नेताहरुसँग अनलाइन बैठक गर्नुहुने भएको छ ।

चार देशका नेताहरुको पहिलो पटक यसरी छुट्टै वार्ता हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । मंगलबार ह्वाइट हाउसले बैठक हुनेबारे जानकारी दिएको हो । बैठमा चीनको सैन्य सक्रियता र आर्थिक शक्तिलाई सन्तुलित गर्ने कोसिस हुनसक्ने जनाइएको छ ।

ह्वाइट हाउसका प्रवक्ता जेन साकीले चार देशको बैठकमा बाइडनले अमेरिकी सहयोग र इन्डो प्यासेफिक क्षेत्रको साझेदारीलाई महत्व दिने बताउनुभएको छ । बैठकमा विश्वव्यापी महामारी कोभिड–१९ देखि आर्थिक सहयोग र जलवायु परिवर्तनको विषयमा छलफल हुने बताइएको छ ।

बैठकले अमेरिकाको इन्डो प्यासेफिक क्षेत्रमा नियमित कुटनीतिको एक नयाँ फिचरको रुपमा बुझ्न सकिने एक अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले लेखेको छ । भारतमा कोरोनाविरुद्धको खोप निर्माण क्षमता वृद्धि गर्नको लागि आर्थिक सम्झौताको घोषणा गर्ने योजना रहेको उक्त अधिकारीले बताएका छन् ।एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.