हुलाकी न्यूज,काठमाडौं : लोकसेवा आयोगले राजपत्र अनंकित श्रेणी (अप्राविधिक) पदमा दरखास्त आह्वान गरेको छ ।

लोकसेवाले जेष्ठता र कार्यसम्पादन मूल्याङ्कन द्वारा हुने बढुवाको सूचना सँगै विभिन्न सेवा समूह र उपसमूहमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको जनाएको छ ।

लोकसेवा आयोग केन्द्रीय कार्यालयले आज गोरखापत्रमा एक सूचना जारी गर्दै खुला तथा समावेशी प्रतियोगितामार्फत् आवेदन खुला गरेको हाे ।

साथै राजपत्र अनंकित द्वितीय श्रेणी (अप्राविधिक) आ.प्र., खुला र समावेशी पदको प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन समेत निकालेकाे छ ।

दरखास्त आयोगको वेवसाइट https://psc.gov.np/ बाट भर्न सकिने आयोगले जानकारी दिएको छ।

हेर्नुहाेस
60482946794f9_loksewa_notice

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.