हुलाकि न्यूज,सिरहा : जनता समाजवादी पार्टी नेपालका सिरहा नगर कार्यसमिति गठन भएको घोषणा गरेको छ।
सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवको अध्यक्षता १ सय १ सदस्यीय जनता समाजवादी पार्टी नेपाल नगर समिती गठन भएको घोषणा गरिएका छन्।
तात्कालिक समाजवादी पार्टी र राजपा मिलेर बनेको जसपा नेपालको समायोजन गरि नगर समिती घोषणा भएको हो ।समितीको उपाध्यक्षमा सिरहा नगरपालिका वडा नम्बर ११ का अध्यक्ष विनोद कामती, शशीमित्रा ऋषि माझी, सन्तोष यादव, सचिवमा विरेन्द्र कुमार यादव, रमेश कुमार मण्डल लगायत रहेका हुन्।



