हुलाकि न्यूज,जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी नेकपा एमालेले जिल्ला पार्टी कार्यालय जनकपुरमा नयाँ बोर्ड झुण्डयाइएकाे छ।
मंगलबार जिल्ला पार्टी कार्यालय धनुषामा जिल्ला अध्यक्ष राजकिशोर यादवको नेतृत्वमा नेकपा एमालेले (मिथिला भवनमा) नयाँ बोर्ड लगाएको हो।
सर्वोच्च अदालतले नेकपा नाम विवादको फैसला ऋषि कट्टेलको पक्षमा फैसला सुनाएपछि एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि एमालेले देशभर जिल्ला पार्टी कार्यालय र प्रदेश पार्टी कार्यालयमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) लेखिएको नयाँ बोर्ड धमाधम लगाउन थालिएको छ ।
निर्वाचन आयोगले सर्वोच्च अदालतको फैसला बमोजिम नेकपा एमाले केपी शर्मा अोलीलाई र नेकपा माओवादी केन्द्र पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिने निर्णय समेत गरेको छ ।
यस अघि मिथिला भवनलाई दुवै पक्षले प्रयोग गर्दै आईरहेको थियो ।



