हुलाकि न्यूज,सुनसरी :- सुनसरीको धरान उपमहानगरपालिका कोरोना मुक्त भएको छ । उपमहानगरपालिकाका २० वटै वडामा संक्रमितको संख्या शून्य भएसँगै धरान कोरोना मुक्त उपमहानगर बनेको हो।

धरान उपमहानगरपालिकाका स्वास्थय महाशाखा प्रमुख उमेश मेहताले धरान उपमहानगर कोरोना मुक्त बनेको बताएका छन्।

उनले हप्तादिन अगाडिदेखि धरानवासीको स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि धरान कोरोना मुक्त बनेको बताए । कोरोना संक्रमितको संख्या न्यून भएसँगै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालसमेत खाली भएको छ।

आइतबारबाट कोभिड अस्पतालमा बिरामी भर्ना हुन छाडेपछि कोभिड अस्पताल पनि खाली भएको प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पाखरेलले जानकारी दिएका छन् । उनले कोरोना संक्रमितको संख्या न्यून भए पनि स्वास्थ्य सावधानीलाई निरन्तरता दिन जरुरी रहेको बताएका छन् ।

कोरोनाका कारण सुनसरीमा १ सय ४५ जना सर्वसाधारणले ज्यान गुमाएका छन् । सुनसरीमा ८ हजार ३ सय ७९ जनालाई कोरोना संक्रमण देखापरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।

उनले अधिकांश संक्रमित अधिकां शनिको भइसकेको जिल्लाको जनजीवन सामान्य भइसकेको बताए । कोरोना संक्रमितको संख्या न्यून रहे पनि कोरोनाबाट बच्न स्वास्थ्य साबधानीका उपाय पालनालाई निरन्तरता दिन जिल्लावासीलाई प्रजिअ ढकालले आग्रह गरेका छन् ।

कोरोना संक्रमितको संख्य न्यून भएसँगै कोभिड अस्पतालसमेत सुनसान बनेको छ । प्रतिष्ठानमा कोरोना भाइरसको संक्रमण परीक्षण गर्न आउने बिरामीको संख्यासमेत धेरै न्यून रहेको सहप्रवक्ता डा. पोखरेलले जानकारी दिएका छन् । उनले प्रतिष्ठानको कोभिड अस्पतालमा १ सय २१ जनाको उपचारका क्रममा निधन भएको बताए । प्रतिष्ठानमा ७ हजार ८ सय २२ जनाको कोरानो रिपोर्ट पोजेटिभ आएको र १ हजार १ सय १९ जना कोभिड अस्पतालमा भर्ना भई निको भएर घर फर्किएको जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.