हुलाकी न्यूज,जनकपुरधाम :महोत्तरीमा आफ्नै छोरीमाथि बलात्कारको प्रयास गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

बर्दिबासस्थित खयरमारामा आफ्नै छोरीमाथि बलात्कार प्रयास गरेको आरोपमा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

घरमा श्रीमति नभएको बेला ३८ वर्षीय बाबुले १३ वर्षीया छोरीलाई बलात्कार प्रयास गरेको प्रहरीले जनाएको छ ।

आरोपी बाबुमाथि जवरजस्ती करणी उद्योगमा उजुरी लिएर अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी वीरेन्द्र थापाले जनाए ।

जिल्ला अदालत महोत्तरीबाट ५ दिनको म्याद थप गरी घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.