हुलाकी न्यूज,जनकपुरधाम :  जनकपुरमा मध्यराती तिव्रगतिको स्कार्पियो घरमा ठोक्किएर दुर्घटना भएको हो ।

कदमचोकबाट मुरलीचोकतर्फ आईरहेको बा.१७ च. २७४ नम्बरको स्कार्पियो तिव्रगतिका कारण दुर्घटना भएको छ ।

तिव्रगतिमा रहेको सो गाडीको चालकले नियन्त्रण गुमाउँदा मालपोत कार्यालय नजिक पुग्दा स्थानीय राज महतोको सडक छेउमै रहेको घरमा ठोक्किएको थियो ।

तिव्रगतिको सो गाडी घरमा ठोक्किँदा गाडीको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने घरको गेट समेत भाँचिएको छ ।

घटनालगत्तै घरधनी महतोले तत्कालै प्रहरीलाई खबर गरेका थिए । गाडीका चालकको निधारलगायत शरीरका अन्य भागमा समेत गम्भीर चोट लागेको छ । चालकको नाम भने खुल्न सकेको छैन ।

घरधनी महतोले भने,’तिव्रगतिमा हुँइकिएको सो स्कार्पियोबाट दिनको समयमा यस्तो दुर्घटना भएको भए मानवीय क्षति समेत हुनसक्ने थियो । तर संयोग ठिक भएकोले मानविय क्षति हुनबाट जोगियो ।’

उनले चालकले अत्यधिक मदिरा सेवन गरेकोले नियन्त्रण गुमाएको हुनसक्ने बताए ।द रियल समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.