हुलाकी न्यूज, काठमाडौँ : नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएका छन् । शुक्रबार बानेश्वरमा बसेको प्रचण्ड–नेपाल समूहको संसदीय दलको बैठकबाट दाहाललाई दलको नेता चयन गरेको हो।

  1. वरिष्ठ नेता झलनाथ खनालको अध्यक्षतामा बसेको संसदीय दलको बैठकमा प्रचण्ड–नेपालले आधिकारिक पार्टी आफूहरू रहेको बताएका छन् । पुस ९ गते संसदीय दलको नेता चयन गरिए पनि सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको अवधिलाई शून्य समय मानेकाले शुक्रबारको बैठकले पुनः संसदीय दलको नेताका रुपमा प्रचण्ण्डलाई चयन गरिएको बताइएको छ ।

यस्तै, नेकपा प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्रीसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओली, उपनेता सुवास नेम्वाङ, सचेतक शान्ता चौधरी लगायतलाई हटाएकोबारे बिहीबार संघीय संसद् सचिवालयलाई जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.