हुलाकी न्यूज, जनकपुरधाम :एसिड आक्रमणमा परेकी वीरगन्जकी छपकैयाकी मुस्कान खातुनले अमेरिकी विदेश मन्त्रालयबाट अवार्ड जितेकी छन्।

काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार १५ वर्षीया खातुनलाई विदेश मन्त्रालयले दिने यस वर्षको इन्टरनेशनल विमेन अफ करेज अवार्ड दिनेछ ।

यो अवार्ड पाउने उनी पहिलो नेपाली हुन्।यो अवार्ड पाउनेमध्ये खातुन संसारकै सबैभन्दा कम उमेरकी व्यक्ति रहेको बताइएको छ ।खातुनलाई गत वर्ष विद्यालय जाँदै गर्दा तेजाब आक्रमण भएको थियो।

एसिड आक्रमण अन्त्यका लागि उनले गरेका कामका लागि उनलाई यो अवार्ड दिइएको राजदूतावासले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.