हुलाकी न्यूज,काठमाडौं : नेपाल आयल निगमले हवाई इन्धनमा प्रति लिटर पाँच रुपैयाँले बढाएसँगै हवाई भाडा पनि बढेको छ ।
वायुसेवा सञ्‍चालक संघ नेपालले फागुन २१ देखि लागु हुने गरी नयाँ इन्धन शुल्क अर्थात आमबुझाइमा हवाई भाडा बढाएको हो । इन्धन शुल्क बढाउने निर्णयलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत दिइसकेको पनि संघले जनाएको छ ।

हवाई इन्धनको मूल्य प्रतिलिटर पाँच रुपैयाँ बढ्दा विमानको इन्धन शुल्क न्यूनतम २० रुपैयाँदेखि अधिकतम २२० रुपैयाँसम्म बढेको संघले जनाएको छ । संघको यो निर्णयसँगै काठमाडौं-धनगढी उडानको इन्धन शूल्क सबैभन्दा बढी २२० रुपैयाँ बढेको छ । यस्तै डोटी-साँफेबगरको हवाई इन्धन शुल्क २० रुपैयाँले बढेको संघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.