हुलाकी न्यूज,काठमाडौँ : हीदिन अघि गुल्मीको भाडगाउँमा २१ वर्षीय सम्झना बोहरा खत्रीको आफ्नै सासु र कान्छा ससुरा पर्ने छिमेकीले हत्या गरेको  खुल्न आएको छ  । रेसुङ्गा नगरपालिका–३, भाडगााउँस्थित छिमेकमा बस्ने सम्झनाका कान्छा ससुरा अन्दाजी ५० वर्षीय लालबहादुर खत्रीले माघ २९ गते राति सम्झनाको हत्या गरी शव  फालिएको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका निमित्त प्रमुख डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

सम्झनाकै सासु अर्थात् नातामा आफ्नो भाउजु पर्ने तोमकलीसँग मिलेर आफूले हत्या गरेको लालबहादुर खत्रीले प्रहरीसमक्ष स्वीकार गरेको डिएसपी पाण्डेले बताए ।

सम्झनाकै ससुरा गणेशबहादुर खत्रीले किटानी जाहेरीको मुद्दा दायर गरेपछि प्रहरीले सम्झनाको शव भेटिएकै दिन फागुन १७ गते लालबहादुर खत्रीलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको थियो । निजलाई अदालतमा पेश गरी ७ दिन म्यादसमेत थपिएको डिएसपी पाण्डेको भनाइ छ ।

बुहारीको हत्यामा संलग्न भनिएकी तोमकलीले बुहारी बेपत्ता हुनुअघि राति घरमा तीन जना युवा आएर बुहारीसँगै बसेर मदिरा सेवन गरेको र बिहानपख उनीहरुसँग घर छाडेर हिँडेको बयान दिएकी थिइन् । लगत्तै तोमकलीले आत्महत्या गरेपछि घटनाको अनुसन्धानमा प्रहरीलाई चुनौती थपिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.