हुलाकी न्यूज,सर्लाही : सर्लाहीमा छतबाट खसेर एकजना मजदुरको ज्यान गएको छ । कौडेना गाउँँपालिका २ इनर्वा बस्ने २० वर्षीय श्याम मुखियाको ज्यान गएको हो ।

सदरमुकाम मलंगवा नगरपालिका ४ पानी टंकीस्थित रामबाबु साहको दोस्रो तल्लाको छत ढलान गर्ने क्रममा खसेर मुखियाको मृत्यु भएको सर्लाहीका डीएसपी मदन कुँवरले जानकारी दिए ।

छतबाट खसेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा लाँदै गर्दा बाटोमै मृत्यु भएको उनले बताए । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलगंवामै राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.