हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधाममा आज बिहानैदेखि ट्राफिक प्रहरीले सरप्राईज चेकिँग गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रहरी नीरिक्षक (ईन्सपेक्टर) नवराज न्यौपानेको नेतृत्वमा जनकपुरको कमदचोक, भानुचोक, मिल्सएरिया, पिडारीचोक, रामानन्दचोक, जिरोमाईल, जानकीचोक, जनकचोक, रामचोक, मुरलीचोक, विषहाराचोक, हस्पिटल रोड सहित गल्ली–गल्लीमा ट्राफिक प्रहरी खटाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनकपुरधाम नगरभित्र कडा चेकिँग सुरु गरेको छ । विहानैदेखि जनकपुरको विभिन्न चोकमा मोटो सँख्यामा ट्राफिक प्रहरी खटाएर चेकिँग सुरु गरेको हो ।

ईन्सपेक्टर न्यौपानेका अनुसार, जनकपुर नगरभित्र चौपाया (गाई,वस्तु) लाई ठक्कर हानेर भाग्ने, मान्छेलाई ठक्कर दिए भाग्ने, दिनहुँ दुर्घटना हुने गरेको तथ्यलाई मध्यनजर गर्दै दुर्घटना न्यूनिकरणको लागि सरप्राईज चेकिँग सुरु गरिएको हो ।

विहान ८ बजेदेखि सुरु गरिएको सरप्राईज चेकिँगको क्रममा जनकपुर नगरभित्रै सयौं बढी सवारी साधन कारवाहीमा परेको ईन्सपेकटर न्यौपानेले जानकारी दिए ।

उनका अनुसार, लाईसेन्स नभएको, बिलबुक नभएको, सरकारी सवारीको दुरुपयोग गरेको, कर फेल भएको, तीन जना चढाएको, हेल्मेट नलगाएको, ट्राफिक नियम पालना नगरेको, लेन अनुशासन समेत पालन नगर्नेहरुलाई कारवाही गरिएको छ ।

“कागजपत्र नभएको अवस्थामा १५०० रुपैयाँ फाईन काट्ने गरेका छौं, तर व्यवहारिकमा केही कागजपत्र भएको अवस्थामा मिनिमम १००० रुपैयाँसम्म जरिवाना काटेर पठाउने गरेका छौं । आज सरप्राईज चेकिँग छ र अब निरन्तर यो चेकिँग जनकपुरमा चलिरहन्छ । ”– उनले भने

जनकपुरमा केही उच्छृँग गतिविधि लगायत व्यस्त सडकमा पनि रोड राईड गर्नेहरुलाई नियन्त्रणमा लिएर कारवाही गर्ने गरेको जानकारी ईन्स्पेक्टर न्यौपानेले दिए । विहानदेखि १०ः३० बजेसम्म करिब अढाई घण्टाकै अन्तरालमा सयौं सवारी साधनलाई कारवाही गरिएको हो ।

ईन्सपेक्टर न्यौपानेका अनुसार, सरकारी गाडीमाथि कडा निगरानी राखेको भन्दै सरकारी गाडीको दुरुपयोगलाई पनि न्यूनिकरण अनिवार्य चेकिँगबाट हुनेछ ।आजको सरप्राईज चेकिँगमा गाउँस्तरबाट सिडिओ अफिस, मालपोत कार्यालय लगायत अन्य कार्यालयहरुमा गाउँस्तरबाट आउने सर्वसाधारण कारवाहीमा परेका छन् । उनीहरुले सवारीको कागजपत्र नबोकेको, हेल्मेट नलगाएको, तीन जना सवार भएको अवस्थामा बढी कारवाहीमा परेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.