हुलाकी न्यूज,काठमाडौँ : राष्‍ट्रिय प्रजातन्‍त्र पार्टी (राप्रपा)ले आगामी वैशाख २५ देखि २८ सम्म काठमाडौँमा महाधिवेशन गर्ने भएको छ । आसन्‍न महाधिवेशनका सो पार्टीले लागि केन्द्रीय निर्वाचन समिति गठन गरेको छ ।

राप्रपाले पार्टीको अन्तरिम विधानअनुसार केन्द्रीय निर्वाचन समिति गठन गरेको हो । समितिको संयोजकमा हरिबहादुर बस्नेत छन् ।

सहसंयोजकमा तोरणबहादुर गुरुङ, सचिव प्रा.डा. गीताभक्त जोशी, सहसचिव झनक प्याकुरेल र सदस्यमा रोशन कार्की, राजु बस्नेत, श्यामबहादुर शाही, कैयाँ चौधरी र पुष्कर अधिकारीलाई तोकिएको छ ।

महाधिवेशनका लागि आवश्यक पर्ने ‘स्थानीय तहको परिषद तथा निर्वाचन निर्देशिका’ र ‘केन्द्रीय निर्वाचन समितिसम्बन्धी निर्देशिका’ समेत पारित गरिसकेको राप्रपाले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.