हुलाकी न्यूज,जनकपुरधाम : माता सीताको पवित्र भूमि जनकपुरधाममा जनकपुर साहित्य महोत्सव शुभारम्भ हुँदैछ।जनकपुरधाम स्तित जानकी मन्दिरको प्रागंणमा नवमिथिला फाउण्डेशनको आयोजनमा हुने महोत्सवको तैयारी पूरा भएको आयोजक कमिटीका भूपेन्द्र खडकाले जानकारी दिएका छन्।

यस महोत्सवमा नेपालका राजनीति, साहित्य, व्यापार कला संस्कृतिका हस्तीहरु सहभागि हुनेछन्।

समुद्घाटन फागुन १९ गते बुधबार दिउँसो ३:३० बजे जानकी मन्दिर हुनेछ भने प्रमुख अतिथिमा पूर्व राष्ट्रपति डा. रामवरण यादव,विशेष अतिथि मुख्यमन्त्री माननीय लालबाबु राउत,प्रमुख उद्योगी व्यवसायी माननीय विनोद चौधरी,जनकपुरधाम उपमहानगरपालिका मेयर लाल किशोर शाह,जनकपुरधाम उपमहानगरपालिका उपमेयर रीता कुमारी मिश्र,शुभकामना सन्देश डा. धनन्जय रेग्मी, नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख महोत्सव जानकारी दिलभूषण पाठक,स्वागत मन्तव्य मनिष झा,प्रस्तोता प्रियंका झा र गायत्री मिश्र हुनेछन।यसप्रकारको कार्यक्रमले अन्तराष्ट्रिय क्षेत्रमा जनकपुरधामको महत्व बढने जनकपुर साहित्य महोत्सवका मनिष झाले बताए ।

फागुन १९ गतेदेखि २२ गतेसम्म हुने महोत्सवमा जानकी दर्शन, जाऔ जनकपुर, प्रविधि र संस्कृति, साहित्यमा सीमाञ्चल, किताब वर्णदेखि बस्तुसम्म, कसले देला सुशासन, सिनेमाको रंग, सम्पादनको सकस, विदेशको यात्रा आशा कि लाश,अन्तवार्ताकारहरुको अन्तवार्ता, आ–आफनै कथा, समायिक राजनीतिमागन्थन, मैथिल मिठास, मुखियाको मर्म, वैदेहीहरु, मेरो नगरको कथा लगायतको विषयमा चर्चा गरिने छ । समारोहमा सांस्कृतिक कार्यक्रम, मैथिली भोजन र कवि गोष्ठी जस्ता कार्यक्रम पनि राखिएको छ ।

गतवर्षपनि जनकपुरधाममा जनकपुर साहित्य महोत्सव गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.