हुलाकी न्यूज,काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली आज फेरि मोरङ जाँदै छन् । मंगलबार दिउँसो उनी मोरङको उर्लाबारी हुँदै झापासम्म पुग्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवलायले जनाएको छ ।

मोरङको उर्लाबारीमा प्रधानमन्त्री ओलीले एकिकृत सन्थाल बस्तीको उद्घाटन गर्ने कार्यक्रम छ । त्यसपछि उनी सोझै झापा जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका अनुसार प्रधानमन्त्री ओली बिहान ११ बजे यति एयरलाइन्समार्फत विराटनगर जाने भएका हुन् । ‘प्रधानमन्त्रीज्युँ आज मोरङ र झापा जाने कार्यक्रम छ’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भने, ‘केही उद्घाटनका कार्यक्रम छ । कार्यकर्ता भेटघाट र प्रशिक्षणको कार्यक्रम पनि छ ।’ प्रधानमन्त्री ओली दुई दिनअघि मात्रै झापा पुगेका थिए ।

हिजो उनी पोखरा पुगे । आज फेरि मोरङ हुँदै झापा पुग्न लागेका हुन् । प्रतिनिधि सभा पुनःस्थापना भएपछि प्रधानमन्त्री ओली शिलान्यास कार्यक्रममा केन्द्रित हुन थालेका छन्। भने नेकपा दाहाल-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल पनि मोरङ जाने भएका छन् । उनी मंगलबार विहान ९ बजेको उडानबाट मोरङ जान लागेका हुन् ।

बुद्ध एयरको उडानबाट नेपाल मोरङ पुग्ने भएका छन् । भरतमोहन अधिकारीको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागि हुन नेपाल मोरङ जान लागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि आजै मोरङ जान लागेका छन् । ‌ओली र नेपाल दुबैको कार्यक्रम भने फरक-फरक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.