हुलाकी न्यूज,काठमाडौँ : फ्रान्सका पूर्व राष्ट्रपति निकोलस सार्कोजीलाई तीन वर्ष जेल सजाय सुनाइएको छ । सार्कोजी साथै उनका कानुन व्यवशायी र उनले घुस अफर गरेका सरकारी अधिकारीलाई तीन वर्ष जेल सजाय सुनाइएको हो ।

एक आपराधिक आरोपबारे सूचना उपलब्ध गराउन  सरकारी अधिकारीलाई राम्रो जागिरको अफर गरेको आरोपमा उनी माथि मुद्धा दर्ता भएको थियो ।  सार्कोजीका कानुन व्यवसायी र ती सरकारी अधिकारीबीच भएको टेलिफोन संवाद सन् २०१४ मा प्रहरीले टेपिङ गरेको थियो।

६६ वर्षीय सार्कोजीले सजाय भएकोमध्ये एक वर्ष घरमै बसेर काट्न सक्ने जनाइएको छ । सार्कोजी सन् २००७ देखि २०१२ सम्म फ्रान्सको राष्ट्रपति भएका थिए ।एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.