हुलाकी न्यूज,जनकपुरधाम : दाइजोप्रथा उन्मूलन गर्ने उद्देश्यका साथ महोत्तरीको पिपरा गाउँपालिकाले अध्यक्ष कन्यादान कार्यक्रम कार्यान्वयनमा ल्याएको छ ।

समाजमा व्याप्त दाइजोप्रथालाई अन्त्य गर्ने उद्देश्यले अध्यक्ष कन्यादान कार्यक्रमलाई कार्यान्वयनमा ल्याउँदै ७ जोडीको विवाह समेत सम्पन्न भएको हो ।

महोत्तरीको पिपरा गाउँपालिकास्थित आयोजित विवाह कार्यक्रममा दलित तथा गरिब विपन्न परिवारका ७ जोडीको विवाह सम्पन्न भएको अध्यक्ष विक्रम चौधरीले जानकारी दिए । उनका अनुसार कन्यादान कार्यक्रममा बर बधुको उमेर विवाह योग्य रहे÷नरहेको ख्याल समेत गरिएको थियो ।

दाइजोप्रथाका कारण सवैभन्दा बढी पीडा आर्थिक रुपमा सबल नरहेका व्यक्तिलाई पर्ने गरेकोले त्यस्ता गरिब तथा विपन्नहरुका लागि कन्यादान योजना ल्याइएको उनले बताए । उनले यो कार्यक्रमलाई आफूले निरन्तरता दिने समेत बताए । उनले भने,‘यस वर्ष ७ जोडीको विवाह सम्पन्न भएको छ, आगामी वर्ष अधिक संख्यामा यो कार्यक्रमको लाभ उठाउन सक्नेछन् ।’

 

सम्पूर्ण बर बधुको वैवाहिक कार्यक्रम मैथिली विधि विधान अनुसार गरिएको उपाध्यक्ष नन्नु देवी दासले बताइन् । वैवाहिक कार्यक्रममा गाउँकै महिलाहरुले विवाहका लोकगीतहरु गाएका थिए । विवाह पछि विदाई स्वरुप दिइने सामानहरु सुन चाँदी, दराज, पलंग लगायतका सामानहरु समेत दिइएको उनले बताइन् ।पिपरा गाउँपालिकाले दाइजो उन्मूलनका लागि ल्याएको यस कार्यक्रमबाट स्थानीयवासी समेत खुशी देखिएका छन्।द रियल समाचार

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.