नयाँ दिल्ली– भारतमा कोरोना खोप अभियानको दोस्रो चरण आज सोमबारदेखि प्रारम्भ भएको छ ।
योसंग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि कोरोना खोपको पहिलो डोज लिएका छन् ।
प्रधानमन्त्री मोदीले आज बिहान नयाँ दिल्लीस्थित एम्स अस्पताल पुगेर कोरोना खोप लगाएका हुन् ।
यसका साथै प्रधानमन्त्री मोदीले आम जनतासंग कोरोना खोप लगाउन अपील गरे ।
मोदीले ट्वीट गर्दै भनेका छन्–‘मैले एम्समा कोरोना खोपको पहिलो खुराक लिएँ, हाम्रा डाक्टर तथा वैज्ञानिहरुले कोरोना विरुद्धको वैश्विक लडाईंलाई मजबूत बनाउनका लागि उचित समयमा काम गर्नु प्रशंसनीय छ । म ती सबैलाई अपील गर्छू, जो खोपका लागि योग्य छन्, साथै हामीले भारतलाई कोरोना मुक्त बनाउँ ।’
भनिन्छ, प्रधानमन्त्री मोदीले भारत बायोटेकको कोभ्याक्सिनको पहिलो खुराक लिएका हुन् ।
दिल्लीस्थित एम्समा काम गर्ने पुडु्चेरीकी सिस्टर पी निवेदाले मोदीलाई कोरोनाको खोप लगाइदिएकी हुन् ।
कोभ्याक्सिन भारतीय खोप हो, जसलाई भारतमा आपतकालिन प्रयोगका लागि अनुमति प्राप्त छ ।



