के लेखम म तिम्रो बारेमा
कलम अगाडि बड्न मान्दैन ।।
परेली भिज्छन बिहानीमा
रातमा बन्द हुन मन्दैनन।।
तिमी आयौ जिवनको त्यो मोड्मा
जाहा म खुशी थिए ।।
तिम्रो आभासमा म उडन थालेकी थिए
तिम्रो मायामा पग्लिन थालेकी थिए ।।
हजारौ कसम खाका थियौ
लाखौं सपनाहरू देखाका थियौ।।
आफू लाई रित्यायेर माया गरेकी थिए
मेरा पाइला तिम्रै लागि चालेकी थिए ।।
यी सिउदोमा तिम्रो नामको सिन्दुर
सजाउने सपना देखेकी थिए ।।
आज सिन्दुर त सजियेको छ तिम्रो नामको
तर अरुको सिउदोमा।।
त्यो दिन नि म रितियेको थिए
तिमिलाइ माया दिदादिदै
र आज नि रितियेको छु
आँसु बगाउँदा बगाउदै।।
के लेखम म तिम्रो बरेमा
कलम अगाडि बड्न मन्दैन।।




