हुलाकी न्यूज,हेटौंडा : हेटौंडामा भएको सवारी दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ ।मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ नवलपुरमा आज बिहान ट्रकको ठक्करबाट टेम्पो चालकको मृत्यु भएको हो।
ना ६ ख ४०४४ नम्बरको ट्रकले ना १ ह ३४०८ नम्बरको टेम्पोलाई ठक्कर दिँदा हेटौंडा-११ थानाभर्याङ बस्ने ३६ वर्षीय टेम्पो चालक खेमलाल श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि फरार रहेका ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिए र घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको बताइएको छ।



