हुलाकी न्यूज,जनकपुरधाम : जनकपुरधाममा आगामी बैशाख २० देखि २८ गतेसम्म श्री रामकथा प्रवचनको आयोजना हुन लागेको छ।श्री राम कथाकार विद्वान मुरारी बापुद्वारा ९ दिनसम्म यहाँ रामकथा प्रवचन हुने मिति तय भएको हो ।

मुरारी बापुको मुखारविन्दुबाट हुने रामकथाका लागि तीन स्थानको स्थलगत निरिक्षण गरिएको जनकपुरधाम उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष निर्मल कुमार चौधरीले जानकरी दिए ।

उनले रामकथा स्थलको लागि जानकी मन्दिर प्रांगन, बारहविघा मैदान र तिरहुतिया गाछिलाई आयोजकहरुले निरिक्षण गरेको बताए । ति तीनवटै ठाउँमा सबभन्दा बढी उपयुक्त तिरहुतिया गाछि रहेको ठहर गरिएको छ ।

यसपाली आयोजन हुनलागेको राम कथाका मुख्य अजमान भारत मुजफ्फरपुर निवासी रहेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.