हुलाकी न्यूज,जनकपुरधाम : स्रोत नखुलेको २५ लाख बढी रुपैँया सहित धनुषाबाट दुईजना पक्राउ परेका छन् ।
भारतबाट पैसा बोकेर मोटरसाइकलमा सवार भइ आउँदै गरेका एकजना भारतीय नागरिक सहित दुई जनालाई नगराइनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएका छन्।
पक्राउ पर्नेमा विहार राज्य मधुवनी जिल्ला ग्राम पंचायत पिप्रौन बस्ने २४ वर्षीय सुमित कुमार यादब र नगराईन नगरपालिका वडा नं. २ स्थित कपडा तथा कस्मेटिक पसल संचालन गर्दै आएका महोत्तरीको लोहारपटृी नगरपालिका वडा नं.५ का संजय कुमार साह रहेका हुन्।
प्रहरीका अनुसार नगराईन नगरपालिका वडा नं.२ स्थित जटही बोर्डरमा चेक प्वाईन्ट थापि चेकजाँच गरी रहेको अवस्थामा भारतबाट सवार भइ आउँदै गरेका यादवलाई मोटरसाइकल रोक्न भनेपछि भागेका थिए।सोही क्रममा उनलाई पिछा गर्दै जाँदा नगराइन चोकमा रहेकोे साहको पसलमा बसेको अवस्थाबाट दुबैजनालाई पक्राउ गरेको प्रहरी नायव उपरिक्षक मकेन्द्र मिश्रले बताए।
उनका अनुसार साहले बोकेको व्याग खानतलाशी गर्दा सो व्याग भित्रबाट एक हजार दरको नोट एक सय थान भएको १६ बण्डल र पाँच सय दरको नोट १०० थान भएको १९ बण्डल गरी जम्मा नगद रु. पचीस लाख पचास हजार बरामद भएको छ ।पक्राउ गरेका दुबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखि आवश्यक अनुसन्धान कार्य भैरहेको प्रहरी नायव उपरिक्षक मिश्रले जनाएका हुन्।



