हुलाकी न्यूज,काठमाण्डौ : दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा डा.निर्मलकुमार विश्वकर्मा नियुक्त भएका छन् ।

मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूतमा नियुक्त गरेकी हुन् । मन्त्रिपरिषदको सिफारिसमा उनलाई संविधानको धारा २८२ अनुसार नियुक्त गरिएको राष्ट्रपतिका प्रवक्ता जगन्नाथ पन्तले बताए ।

यसअघि गत असोज १५ गते उनीसँगै राजदूत सिफारिस गरेका डा.युवराज खतिवडा अमेरिका र लोकदर्शन रेग्मी बेलायतको राजदूतमा नियुक्त भइसकेका छन् । सिफारिस भएका राजदूतहरुलाई संसदीय सुनुवाइबाट स्वीकृत गरेपछि र सम्बन्धित मुलुकबाट एग्रिमो आएपछि सो मुलुकमा राजदूत हुने पक्का हुन्छ ।

नवनियूक्त राजदूत विश्वकर्मा कपिलवस्तुको बुद्धभूमिका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.