हुलाकी न्यूज,काठमाण्डौ : भारत र चीनबिचको तनाव साम्य भएपछि चिनियाँ राष्ट्रपतिले भारत भ्रमण गर्न लागेका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले भारत भ्रमण गर्ने भएका हुन् । ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका सम्मिलित ब्रिक्स सम्मेलनमा भाग लिन सी भारत आउन लागेका छन् ।

चिनियाँ विदेश मन्त्रालयले सो सम्मेलन आयोजना गर्न भारतलाई सहयोग गर्ने र जारी सीमा विवादले असर नगर्ने उल्लेख गरेको छ । यो वर्ष सम्मेलन गर्ने पालो भारतको रहेको र यसमा चीनले समेत सहमति जनाइसकेको छ ।यस अगाडि सन् २०१६ मा भारतले ब्रिक्स सम्मेलन आयोजना गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.