हुलाकी न्यूज,जनकपुरधाम :सवारी दुर्घटनामा घाइते भएका चारजना व्यक्तिलाई प्रदेश २ प्रमुख राजेश झाले उद्धार गरेका छन् ।जनकपुरधामबाट बाराको जितपुर गईरहेका प्रदेश २ का प्रमुख राजेश झाले दुर्घटनामा परि निजगढ स्थित सडकमा छट्पटाई रहेका ४ जना व्यक्तिलाई उद्धार गरेका हुन् ।
सवारी दुर्घटनामा घाइते सबै व्यक्तिलाई प्रदेश प्रमुखले आफनै सक्रियतामा उद्धार गरेर अस्पताल पठाएका हुन् ।

जितपुरमा सैनिकको एउटा कार्यक्रममा सहभागि हुन प्रदेश प्रमुख झा जनकपुरबाट रौतहटबाट जाँदैथिए । सोहि बेला निजगढको जंगलमा दुर्घटनापछि सडक छेउमा घाइते भइ एकजना बच्चासहित चारजना छटपटाइ रहेका थिए ।लगतै आफु पुग्दा उनीहरुलाई तुरुन्त उद्धार गरी उपचारका लागि चन्द्रनिगाहापुरस्थित अस्पतालमा पठाएको प्रदेश प्रमुख झाले बताए।

उनले आफ्ना लागि नागरिकको सुरक्षा सबैभन्दा महत्वपूर्ण भएको समेत बताए ।
