हुलाकी न्यूज,काठमाडौँ : सरकारले राष्ट्रिय प्रतिरक्षा नीति–२०७७ स्वीकृत गरेको छ । मुलुकको प्रतिरक्षा योजना तथा रणनीति सम्बन्धमा निर्माण गरिएको सो नीति स्वीकृत गरिएको हो ।

रक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव कृष्णप्रसाद ज्ञवालीले नेपालको प्रतिरक्षा प्रणाली सबल र सुदृढ बनाउन पहिलो पटकप्रतिरक्षा नीति–२०७७ स्वीकृत भएको जानकारी दिनुभयो ।

राष्ट्रिय सुरक्षा परिषद्, रक्षा, गृह, परराष्ट्र मन्त्रालय र नेपाली सेनालगायत सम्बद्ध निकायसँगको छलफलपछि प्रतिरक्षा नीति निर्माण गरिएको हो ।

मुलुकलाई बाह्य शक्तिको आक्रमणबाट सुरक्षित राख्न तथा सामना गर्न तयार पारिएको रणनीति तथा योजना र जिम्मेवारी समेटिएको प्रतिरक्षा नीतिले राष्ट्रलाई थप बलियो बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.