हुलाकि न्यूज,सिरहा : सिरहामा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । कर्जन्हा नगरपालिका ४ स्थित बस्तिपुरमा भएको बस दुर्घटनामा १३ जना घाइते भएको र त्यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
बिग्रिएर सडकमा रोकीराखेको ना ६ ख ११ १० नम्बरको ट्रकमा लहानबाट ढल्केबरतर्फ आउँदै गरेको ना ५ ख ८९८ नम्बरको बस गएराति पौने १२ बजे ठोक्किएको थियो ।
फुलकुमारी महतो मेमोरियल अस्पताल कर्जन्हामा घाइतेहरुको उपचार भइरहेको छ ।ट्रक चालक फरार रहेकाले खोजी भइरहेको सिरहा प्रहरीले जनाएको छ ।यसैगरी सिरहाको गोलबजार नगरपालिका ४ पुरानो बसपार्कमा गएराति मोटरसाइकल र कार आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।प्रदेश २ ०१ ००१ प ६६५ र प्रदेश ३ ०१ ०२४ च २३१३ नम्बरको कार आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना घाइते भएको र दुवैलाई उपचार गर्न भुमिजा अस्पताल पठाइएको सिरहा प्रहरीले जनाएको छ ।दुवै सवारी साधन र कार चालकलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको बताइएको छ ।



