हुलाकी न्यूज,काठमाडौँ : पूर्बी नवलपरासीको गैंडाकोट नगरपालिका वडा नं ८ का श्याम आले मगर बिदेश बाट फर्किए पछि अहिले भैंसीपालनमा रमाएका छन् ।

पैसा कमाउन बिदेशिएका ३२ बर्षीय मगर दश बर्षको बिदेश बसाँईपछि अहिले जग्गा भाडामा लिएर भैंसी पालन शुरु गरे पछि मनग्ये आम्दानी लिने किसानका रुपमा चर्चा पाएका छन् र अहिले पनि उहाँको दिनचर्या हरेक दिन भैंसी पालनमा भैसी संगै वित्ने गरेको उहाँको भनाई छ ।

उमेरले ३२ पुगेका युवा आले मगर विहान ४ बज्न नपाउदै उठ्नुहुन्छ र राति अबेरसम्म गोठमा खटिनुहुन्छ र उहाँको भैंसीपालन ब्यबसायले प्रगतिको दिशामा अगाडि बढिरहेको देख्दा सबैको मन लोभिने गरेको स्थानीय खडानन्द पौडेलले बताउनुभयो । घरसँगै बनाइएका चार छ गोठ भरि ४२ वटा र तिनका रहरलाग्दा पाडापाडी हरु छन् । बिहानै उठने बित्तिकै भैंसीलाई ब्रेक फास्ट (खोले) खुवाउँनुहुन्छ आले मगर । झिसमिस उज्यालो हुन नपाउँदै दूध दुहुने मेसिन र हातमा बाल्टी बोकेर भेंसीको छेउमा पुग्ने आले मगरलाई आफनी श्रीमती सुमित्रा आले र दुई जना कर्मचारीले सहयोग गर्ने गरेका आले बताउनुहुन्छ ।

सरकारी अनुदानमा दूध दुहुने मेसिन पनि पाएको छु, कहिले हातैले दुहुन्छु त केही मेसिनले’ आले मगरले भन्नुभयो ,परिवारका दुई जना श्रीमान् श्रीमती अहिले भैंसीपालनमै रमाएका छौं । अहिले दैनिक चार सय ५० लिटर दूध उत्पादन हुने गरेको आले मगर बताउनुहुन्छ ।

कृषक आले मगरले अहिले ४२ वटा त माउँ भैंसी पालेर दुध चार सय ५० लिटर बिक्री गरेको बताउनुहुन्छ । गत बर्ष आले मगरले सरकारी अनुदानबाट पाँच लाख प्राप्त गरेको बताउनुभयो ।कतारको दश बर्षे बसाई छाडेर चार बर्षदेखि भैसीपालनमा रमाएका आले मगर अहिले गैंडाकोटमा यो पेशामा रमाएका मात्रै छैनन उत्कृष्ट कृषकका रुपमा सम्मानित पनि भएका छन् । बिदेशको बसाई त्यागेर स्वदेशमै भैंसीपालनमा निकै रमाएका उहाँ अहिले बार्षिक १२ लाख खर्च कटाएर मुनाफा कमाउने गरेको बताउनुभयो ।

२०७३ सालमा स्वदेश फर्केर भैंसीपालन शुरु गर्नुभएका आले मगर अहिले भैंसीपालनबाट सम्पन्नता तर्फ अग्रसर छन । श्रुमा गोठमा धेरै भैसी थिएनन् तर अहिले भने भैसी बढाउँदै लगेको र त्यसबाट दूध उत्पादन पनि सोचे जतिको राम्रो भएको आले मगरको भनाई छ ।

बिकु सहकारीबाट रु चार लाख कर्जा लिएर भैंसीपालन शुरु गरेका आले मगर अहिले भैंसी पालनबाट राम्रो आम्दानी लिन सफल भएका छन् भने भैंसी पालनमा राम्रो आम्दानी लिन सफल भएका स्थानीय हरि सिग्देलले बताउनुभयो । आले मगरले अहिले दुई जनालाई जागिर पनि दिएको बताउनुभयो ।

श्याम आले को भैंसीपालनले अहिले बरिपरि सबैलाई प्ररेणा दिएको छ र यो ब्यबसाय प्रति धेरैले अपनाउन थालिसकेका उहाँ बताउनुहुन्छ । आले मगरको मिहिनेत देखेर स्थानीय समेत छक्क पर्ने गरेका गैंडाकोट नगरपालिका वडा नं ८ का वडाध्यक्ष डिल्ली रिजालले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.