हुलाकी न्यूज,जनकपुरधाम :जनकपुरको नमस्कार होटेलमा एक युवती झुण्डेको अवस्थामा मृत फेला परेकी छन् ।

जनकपुरधाम उपमहानगरपालिका ७ स्थित नमस्कार होटेल एण्ड गेस्ष्टहाउसको कोठा नं. ११३ मा आफ्नो नाम समिक्षा पोखरेल पाण्डे लेखाएकी युवती झुण्डेको अवस्थामा मृत फेला परेकी हुन् ।

शनिबार साँझ कोठाभित्र पासो लागेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी मकेन्द्र मिश्रले जानकारी दिएका ह्जुं।

शुक्रबार दिउँसो १ बजे ती युवती एकलै कोठा बुक गराएर बसेकी थिइन् ।प्रहरीका अनुसार होटेलको काउण्टरमा उनले आफ्नो परिचयमा नाम समिक्षा पोखरेल पाण्डे, उमेर ३५ वर्ष र ठेगाना महोत्तरीको जलेश्वर नगरपालिका २ लेखाएकी छन्।

भित्रबाट ढोकाको चुकु लगाएको र बाहिर झ्यालबाट हेर्दा पासो लागेर मृत्यु भएको देखेपछि होटेल संचालकले प्रहरीलाई खबर गरेका थिए ।घटना विषयमा थप अनुसन्धन गरिरहेको र परिवारलाई सम्पर्कमा ल्याउन खोजिरहेको डिएसपी मिश्रले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.