हुलाकी न्यूज, काठमाडौँ :मालपोत कार्यालय बाराको सिमराका निमित्त प्रमुख मनककुमार खनाल ६ लाख घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई घुस सहित रंगेहात पक्राउ गरेको हो ।

जितपुरमा रहेको जग्गा सर्जमिन मुचुल्का गरी पास गराउनका लागि भन्दै सेवाग्राहीसँग घुस मागेपछि नायब सुुब्बा खनाल अख्तियारको नियन्त्रणमा पुुगेका हुन् ।

जग्गा पास गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काठमाडौंबाट गएको टोलीले खनालसहित लेखापढी व्यवसायी बद्री बडाललाई पक्राउ गरेको हो ।

उनीहरुलार्ई अमलेखगञ्जस्थित एक होटलबाट घुसवापतको रकम लिइसकेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको हो ।

दुबैजनालाई नियन्त्रणमा लिई थप अनुसधन्धान भैरहेको अख्तियारले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.