हुलाकी न्यूज,जनकपुरधाम :जनता समाजवादी पार्टी (जसपा) ले फागुन ९ गते देशभर जनप्रदर्शन र विरोध सभा गर्ने भएको छ।
प्रतिनिधिसभा विघटनविरुद्ध जसपाले जनप्रदर्शन गर्न लागेको हो ।पार्टी प्रचार विभाग प्रमुख डम्बर खतिवडाले एक प्रेस विज्ञप्ति जारी गर्दै ‘जननिर्वाचित प्रतिनिधिसभा विघटन गर्ने प्रतिगमनकारी कदमविरुद्ध’को जनप्रदर्शनमा सहभागी हुन अनुरोध गरेका छन् । देशभरका सम्पूर्ण महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामा जनप्रदर्शन र विरोध सभा गरिने उनले बताएका छन् ।



