हुलाकी न्यूज,जनकपुरधाम : धनुषाको जकनकनन्दनी गाउँपालिकामा एकै साथमा मन्दिर र मदरसाको उद्घाटन भएको हाे।

जनकनन्दनी गाउँपलिका वडा नम्बर ३ महुवामा धनुषा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधी सभा सदस्य उमाशंकर अरगरियाको संसदीय कोषबाट सरस्वती मन्दिर र मदरसा दारुल तौहिद अलसल्फियाका निर्माण भएका छन्।

मन्दिर र मदरसा दुबैको बिघटित प्रतिनिधीसभाका सांसद अरगरियाले उद्घाटन गरेका हुन्।

उद्घाटन गर्दै अरगरियाले समाजको माग अनुसार आफू अघि बढिरहने बताए भने यस क्षेत्रको विकासका लागि आफू जहिल्यै पनि तत्पर रहने बताउँदै उनले सकारात्मक काममा सबैले सहयोग गर्नुपर्ने भनेकाहुन।

जनकनन्दनी गाउँपालिका ३ महुवाका सतन्जीव साहले दान गरेको जग्गामा सरस्वती मन्दिर निर्माण गरिएको छ । यो मन्दिरमा श्रीपञ्चमीको अवसर पारेर मंगलबारनै माता सरस्वतीको मूर्ती समेत स्थापना गरिएको छ ।

सरस्वती मन्दिर कुल रु १५ लाख र अमदरसा १३ लाख ५० हजारको लागतमा निर्माण गरिएको छ ।

मन्दिर र मदरसा उद्घाटनको अवसरमा स्थानीय बिभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवीको उपस्थिति रहेको थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.