हुलाकी न्यूज,जनकपुरधाम :नेपाल आयल निगमले एक साता नपुग्दै फेरि पेट्रोलियम पदार्थको भाउ बढाएको छ।  निगमले आज राति १२ बजेदेखि लागू हुने गरी डिजेल पेट्रोल र हवाइ इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।यसअघि निगमले माघ २८ गते पनि मूल्यवृद्धि गरेको थियो।

निगमले अन्तर्राष्ट्रिय बजार भाउमा वृद्धि भएको र इण्डिन आयल कर्पोरेशनले मूल्य वृद्धि गरेर पठाएकाले मूल्य वृद्धि गर्नुपरेको बताएको छ।
निगमका अनुसार पेट्रोल अब प्रतिलिटर १ सय १४ रुपैयाँ पुगेको छ भने डिजेल ९७ रुपैयाँ प्रतिलिटर पुगेको हो।त्यसैगरी हवाइ इन्धन प्रतिलिटर ६७ रुपैयाँ प्रतिलिटर पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.