हुलाकी न्यूज,जनकपुरधाम : धनुषा जिल्लाको जानकी मेडिकल कलेजका कर्मचारीहरु रिले अनशनमा आज २६ औं दिन बसेको भएको छ ।

रिले अनशन बसेको यतिका दिन भइसक्दा पनि उनीहरुले उठाएको जायज मागलाई सम्बोधन गर्न मेडिकल सञ्चालकले कुनै प्रक्रिया देखाएको छैन ।

जानकी मेडिकल कलेज र कर्मचारीबीच विगतमा भएको सहमती कार्यन्वयन नगरेकोले कर्मचारीहरु रिले अनशनमा बसेका हुन्। माघ ५ गतेदेखि कलेज परिसरमै उनीहरु रिलेश अनशनमा बसेका छन्।

रिले अनशन बस्नुअघि कर्मचारीद्वय जानकी शरण यादव र कुल्दिप साहले कर्मचारीको जायज माग राख्दै आमरण अनशन बसेका थिए। आमरण अनशन २८ औं दिनपछि तोडिएको थियो। आन्दोलनरत कर्मचारी र प्रशासनबीच सम्झौता भएपछि आन्दोलनरत कर्मचारीले आमरण अनशन तोडेका थिए।

गएको मंसिर २३ गते आन्दोलनरत कर्मचारी र कलेज प्रशासनबीच तीन बुँदे सहमति पश्चात अनशन तोड्ने सहमती भएपछि कर्मचारीले आन्दालनको सम्पूर्ण कार्यक्रम फिर्ता लिएको थियो ।

त्यसअघि गएको भदौ ३१ गते जिल्ला प्रहरी कार्याय धनुषामा भएको दुईबुँदे सम्झौतादेखि कलेज प्रशासनले केहि कर्मचारीमाथि गरिएका सम्पूर्ण कारबाही फिर्ता लिने र कर्मचारीले जारी राखेका सम्पूर्ण आन्दोलन फिर्ता लिने सहमति भएको थियो।

कलेज प्रशासन र कर्मचारीबीचको समस्या समाधान गर्न दुबै पक्षबाट २–२ जना प्रतिनिधि र धनुषा जिल्लाका स्वास्थ्यकर्मीहरुको अधिकारिक ट्रेड युनियनका अध्यक्षहरु सम्मलिति कार्यदल मंसिर १७ गते भित्र गठन गरी सम्पूर्ण समस्यामाथि छलफल गरी निराकरण गर्ने सहमति भएको थियो।

तर सहमती कार्यन्वयन नगरेपछि बाध्य भएर फेरि आन्दोलनमा उत्रिनु परेको कर्मचारी हकहित संर्घष समितीका संयोजक उमेश यादवले बताए।

केहि कर्मचारीमाथि पूर्वाग्रही तरिकाले कलेज प्रशासनले गरेको कारबाही फिर्ता लिनुनुपर्ने, ६ वर्षदेखिको संचय कोष र दशैंभत्तालगायतको हरहिँसाब दिनुपर्ने लगायतको मागसहित कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन्।

जनकारि अनुसार दुईजना कर्मचारी रिले अनशनमा बसेका र बाकी कार्य सहयोगीकाे रुपमा रहेको बताए ।

अबिलम्ब माग पुरा नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्दै कडा आन्दोलन गर्ने चेतावनी कर्मचारी सहित यादवले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.