हुलाकी न्यूज, काठमाडौंः
नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकरी माओवादीका) का महासचिव मोहन वैद्य किरणले प्रचण्ड र प्रधानमन्त्री केपी शर्मा ओली दुबै नक्कली कम्युनिष्ट रहेको बताएका छन्।

काठमाडौंमा आयोजित रणनीतिक मोर्चाको पत्रकार सम्मेलनमा बोल्दै बैद्यले भने,‘खाँटी कम्युनिस्ट को हो? ओली जी आफुलाई सक्कली भन्दै प्रचण्ड माधव नेपाल समूहलाई नक्कली भन्छन्।’

उनले भने,‘फेरि हामी के भन्छौँ भने उनीहरु दुवै नक्कली हुन। सक्कली कम्युनिस्ट भन्ने जनताका जनजीविकाका समस्या हल नगर्ने, जनजीविकाका कुरा उठाउनेलाई प्रतिबन्ध लगाउने।’

नेत्र विक्रम चन्द नेतृत्वको नेकपा, किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल आहुती नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी नेपालबीच रणनीतिक कार्यगतको घोषणा विहीबार भएको हो।

कार्यक्रममा बैद्यले भने,‘मोर्चाको पहिलो प्राथमिकता संसदीय व्यवसथा ढलाएर जनताको राज्य सत्ताको स्थापना र वैज्ञानिक समाजवाद स्थापना हो। त्यसका लागि हामी प्रतिवद्ध छौँ।’

सत्ताधारी पार्टीले आफूलाई क्रान्तिकारी भन्दै क्रान्तिलाई धोका दिएको उनको आरोप लगाउँदै आवश्यक परे अर्को युद्ध गर्न तयार रहेको बताए।

संयुक्त मोर्चाले पहिलो चरणको आन्दोलन पनि घोषणा पनि गरेको छ। घोषित कार्यक्रम अनुसार, माघ २९ गते काठमाडौंमा मोर्चाको घोषणा सभा, फागुन ६ गते बुटवलमा, फागुन १४ गते धनगढीमा, फागुन १८ गते इटहरीमा जनसभा गर्ने जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.