हुलाकी न्यूज, जनकपुरधामः
मधेश आन्दोलनको जगमा बनेको प्रदेश नम्बर दुईको सरकारले प्रदेश मिडिया काउन्सिलको अध्यक्षमा शिवहरी भट्टराईलाई नियुक्त गरेको छ।

जनयुद्ध र मधेश आन्दोलनताका नेपाली सेना निकट रहेको आरोप लाग्दै आएका भट्टराईलाई मधेशको मिडिया नियन्त्रणको जिम्मेवारी दिइएको छ।

यसैगरी, तत्कालिन नेकपा (एमाले) निकट रहेका धर्मेन्द्र मोरबैतालाई चलचित्र तथा लोकसञ्चार प्रर्वद्धन बोर्डको अध्यक्षमा नियुक्त गरेको छ। यसअघि राजकिशोर यादव सञ्चार मन्त्री हुँदा उनी फोरम गणतान्त्रिकमा प्रवेश गरी चलचित्र विकास बोर्डको अध्यक्ष बनेका थिए।

यता प्रदेश आमसञ्चार प्राधिकरणको अध्यक्षमा प्रेस फोरम प्रदेश २ का संयोजक श्यामसुन्दर यादवलाई नियुक्त गरिएको छ। यादवले सप्तरीबाट मधेश आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका पत्रकार हुन्।

अपुष्ट स्रोतका अनुसार मधेश आन्दोलन वा मधेश केन्द्रीत दलका लागि कुनै योगदान नदिएका भट्टराई र मोरबैताको नियुक्ती प्रदेश सरकारका मन्त्रीहरुसँग आर्थिक लेनदेनका आधारमा भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.