हुलाकि न्यूज,काठमाडौैं : जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले जनमुुक्तिका लागि अन्तिम आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । विगतमा पटक पटक आन्दोलन भयो तर शासकले त्यसको कुनै सुनुुवाइ नगरोके दावी गर्दै उनले अब मधेशी, आदिवासी जनजातिले मिलेर अन्तिम लडाई लड्नुपर्ने बताए ।
झापामा आयोजित जनता समाजवादी युवा संघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले एक्ला एक्लै लडेर परिवर्तन नहुने धारणा राखे ।परिवर्तनका लागि महन्थ ठाकुरले काँग्रेसबाट विद्रोह गरी मधेशको राजनीतिमा आएको बताउँदै उनले तत्कालिन एमालेका ठूलै नेता अशोक राइ सो पार्टी छाडेर मधेशी, आदिवासी जनजातिको आन्दोलनमा लागेको धारण राखे ।उनले जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई अहिलेको संविधान आधा ग्लास पानी भनेर माओवादी छाडेर आन्दोलनमा आएको बताए । उनले भने, ‘बिचरा बाबुुराम भट्टराई अहिलेको संविधान आधा ग्लास पानी भन्दै माओवादी छाडेर परिवर्तनको आन्दोलनमा आउनुभएको हो ।’



