
हुलाकी न्यूज, भैरहवाः रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका निर्वाचित अध्यक्ष जितेन्द्रनाथ शुक्ला उल्र्फ बब्बलु शुक्ला जनमत पार्टीमा प्रवेश गरेका छन्।
जनमत पार्टी रुपन्देहीको कार्यकर्ता प्रशिक्षण एवं भेटघाट कार्यक्रममा पुगेका पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतबाट उनले सदस्यता लिएका छन्।
यसैगरी, पुर्व सदभावना पार्टीका जिल्ला अध्यक्ष एवं नमुना उच्च माबिका अध्यक्ष तथा समाजिक अभियन्ता अनान्द प्रसाद गुप्ता, मर्चवार सिचाइ (लिप्ट) विभागका सचिव एवं समाजिक अभियन्ता जगरनाथ कुर्मी पनि जनमत पार्टीमा प्रवेश गरेका छन्।
यसैगरी, पुर्व सम्मरीमाई गाउँपालिका नेकपा (माओवादी)का उमेदवार एवं समाजिक अभियान्ता सहाबुद्दीन देवान, समाजिक अभियन्ता एवं महिला स्वयंसेविका सीता चौधरी, समाजिक अभियन्ता एवं स्वयंसेविका अम्बिका चौधरी, समाजिक अभियन्ता इन्द्रराज यादव, पुर्व सदभावना पार्टीका सिद्धार्थनगरका नगर अध्यक्ष अशोक कर्णलगायतका व्यक्तिहरु जनमत पार्टीमा प्रवेश गरेका हुन्।
पार्टी अध्यक्ष डा.राउतको समय अभावका कारण अन्य व्यक्तिहरुलाई डा.राउतको हातबाट सदस्यता प्रदान गर्न असमर्थ रहेकोमा जनमत पार्टीका जिल्ला संयोजक रामकेश गुप्ताले क्षमासमेत मागेका छन्।



